होमपेज / खेलकुद
काठमाडौं। युवा स्टार फाउन्डेशनले सर्वोत्कृष्ट महिला फुटबल खेलाडी प्रिती राईलाई सम्मान गरेको छ। फाउन्डेशनका अध्यक्ष मोहन चन्द्र सिंहले खेलकुदमा महिला टोलीले गरिरहेको प्रदर्शन उत्कृष्ट रहेको बताए । उनले खेलकुदमा राष्ट्रको अगाडि जुन किसिमको प्रदर्शन नेपाली महिला टिमले गरेको छ त्यसले नेपाललाई विश्वसामू चिनाउन मद्दत पुर्याएको बताए ।
उनले भने, ‘फुटबलमा प्रिती राईको भूमिका धेरै नै छ । उनले राष्ट्रका लागि जुन किसिमको प्रदर्शन गरेकी छिन् त्यो सम्झन लायक छ ।’