ट्रेण्डिङ

होमपेज / खेलकुद

नेपाल र म्यानमार बराबरीमा रोकिए 

अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप

नेपालगाथा २०८१ फाल्गुण ११ गते आइतबार २१:११:३२ मा प्रकाशित

काठमाडौं। अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप अन्तर्गत नेपाल र म्यानमारबीचको खेल बराबरीमा सकिएको छ । पहिलो हाफमा नेपाल र म्यानमारले २/२ गोलको बराबरी गरेपछि दुवै टोलीले अंक जोड्न सकेनन् ।

दशरथ रङ्गशालामा जारी खेलको छैठौँ मिनेटमा घरेलु दर्शकलाई स्तब्ध पार्दै म्यानमाले पहिलो गोल गरेको थियो । उक्त गोल म्यानमाका लागि फ्रि–किकमा म्याट नोइ खिनले गरेकी थिइन् । लगत्तै खेललको ११ औँ मिनेटमा नेपालका लागि सविता रानामगरले गोल गरिन् ।

यसैगरी खेलको १७औँ मिनेटमा म्यानमाले नेपालविरुद्ध दोस्रो गोल गर्यो । म्यानमाका लागि उक्त गोल मे टेट लुले गरेकी थिइन् । पहिलो हाफको अन्तिममा नेपालका लागि सावित्रा भण्डारी ‘साम्बा’ले गोल गरिन् । उनले खेलको ४१औँ मिनेटमा प्रीति राईको उत्कृष्ट पासमा गोल गरेकी थिइन् ।

यो बराबरीपछि म्यान्मारको ३ खेलमा ७ अंक भएको छ भने गोल अन्तरको आधारमा शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको छ । त्यस्तै नेपालको पनि ३ खेलमा ७ अंक भएको छ र गोल अन्तरको आधारमा दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेको छ । अब फाइनल खेल बुधबार हुनेछ ।

त्यस्तै लेबनानले एक खेल जितेर तेस्रो हुँदै बाहिरिएको छ भने किर्गिस्तानले तिनै खेलमा हार बेहोरेर बाहिरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top