होमपेज / खेलकुद
काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा पुगेको छ । आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा नेपालले लेबनानलाई १–० ले पराजित गरेको हो । नेपालको जितमा सावित्रा भण्डारीको गोल नै निर्णयक गोल बन्यो ।
नेपालले दुई खेलबाट ६ अंक जोड्दा दोस्रो स्थानमा रहँदै फाइनलमा स्थान बनाएको हो । नेपालसँगै आजै भएको पहिलो खेलबाट म्यमानमार पनि फाइनलमा पुगिसकेको छ ।
म्यानमारले कीर्गिस्तानलाई ५–० ले पराजित गरेको हो ।