होमपेज / खेलकुद
काठमाडौं । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपअन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा आज साँझ ६ बजे नेपालले आफ्नो दोस्रो खेल लेबनानसँग खेल्दैछ । त्यसअघि पहिलो खेलमा म्यानमार र कीर्गिस्तानबीच दिउँसो २ बजे प्रतिस्पर्धा हुनेछ ।
चारै टोलीको यो दोस्रो खेल हुनेछ । पहिलो खेलमा म्यानमारले लेबनानलाई ३–१ ले तथा नेपालले कीर्गिस्तानलाई १–० ले पराजित गरेको थियो ।
लेबनानसँग खेल्दा लगातार दोस्रो जित निकाल्दै नेपाल फाइनल पुग्ने लक्ष्यमा छ । म्यानमार र नेपालले आफ्नो पहिलो खेल जितेकोले आज दोस्रो जित हात पारे एक खेल अघि नै सेमिफाइनल पुग्नेछ ।