ट्रेण्डिङ

होमपेज / खेलकुद

केपी ओली कप फुटबल फागुन दोस्रो सातादेखि 

‘ए’ डिभिजनका क्लब र विदेशी गरी १० टोलीको सहभागिता रहने

नेपालगाथा २०८१ माघ १६ गते बुधबार १६:५०:३१ मा प्रकाशित

काठमाडौं । आगामी फागुनको दोस्रो सातादेखि केपी ओली कप फुटबल प्रतियोगिता हुने भएको छ । राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनाम हुने उक्त प्रतियोगिता आगामी फागुन ११ देखि १९ गतेसम्म सञ्चालन हुने आज आयोजित पत्रकार सम्मेलनमा आयोजकका अध्यक्ष  क्षितिज थेबेले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा अखिल नेपाल फुटबल सङ्घद्वारा सूचीकृत ‘ए’ डिभिजनका क्लब र विदेशी गरी १० टोलीको सहभागिता रहनेछ ।

प्रतियोगितामा उपाधि विजेता टोलीले १५ लाख ११ हजार एक सय ११ पाउनेछ भने उपविजेताले पाँच लाख नगद पाउनेछ । त्यसैगरी प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई रु एक लाख प्रदान गरिने आयोजकले जनाएको छ ।

त्यस्तै उत्कृष्ट गोल रक्षक, उत्कृष्ट गोलकर्ता र उत्कृष्ट उदयमान खेलाडीले जनही ५० हजार पाउने छन् । प्रतियोगितामा ‘म्यान अफ दि म्याच’ घोषित हुने खेलाडीले १५ हजार पाउनेछ ।

त्यस्तै हरेक खेलको विजेता टोलीले रु २५ हजार पाउने छन् । सातदोबाटो स्थित खेल मैदानमा हुने प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top