होमपेज / खेलकुद
काठमाडौं। बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको सभापति कप फुटबलकाे पहिलो खेलमा संकटा एफसीले चर्च ब्वाइज युनाइटेडलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेकाे छ ।
काठमाडौंको संकटाले ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइजलाई ३–० ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।
संकटाका लागि अबेका रिचर्डले दुई तथा चन्दन दासले एक गोल गरे । पहिलो हाफमा एक गोल गरेको संकटाले दोस्रो हाफमा दुई गोल थप्न सफल भयो ।
संकटाले अब मछिन्द्र क्लब र नेपाल एपीएफ क्लबबीचको विजेतासँग सेमिफाइनल खेल्नेछ । खेल शुक्रबार हुनेछ । सभापति कपमा ८ टोलीको सहभागिता रहेको छ ।