ट्रेण्डिङ

होमपेज / खेलकुद

खो खो विश्वकप खेलमा उपविजेतामा बन्याे नेपाली महिला टिम

नेपालगाथा २०८१ माघ ६ गते आइतबार २१:१०:१० मा प्रकाशित

काठमाडौं । खो खो विश्वकप खेलमा नेपाली महिला टिम भारतसँग हार बेहाेरेपछि उपविजेतामा सीमित रहेकाे छ । नयाँ दिल्लीको इन्दिरा गान्धी इन्डोर स्टेडियममा आइतबार भएको खेलमा नेपाललाई ७८–४० अंकले हराउँदै भारतीय महिला टोलीले पहिलो पटक खो खो विश्वकपको उपाधि जितेको हो ।

महिलातर्फ नेपाल र भारत दुवै अपराजित रहँदै फाइनल पुगेका थिए । दुई अपराजित टिमबीचको फाइनल भिडन्तमा भारतले बाजी मारेको हो । महिलातर्फ नेपाल समूह ‘सी’मा सबै चार खेल जित्दै अपराजित रहेर समूह ‘सी’को विजेताको रूपमा क्‍वाटरफाइनलमा प्रवेश गरेको थियो ।

नेपालले समूहमा पहिलो खेलमा भुटानलाई ९३–२४ ले, दोस्रो खेलमा जर्मनीलाई ७३–३४ ले, तेस्रो खेलमा श्रीलंकालाई ११०–१० ले र चौथो खेलमा बंगलादेशलाई ८४–२४ ले पराजित गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top