होमपेज / खेलकुद
काठमाडौं । नेपाली महिला टोली खो खो विश्वकपको सेमिफाइनलमा युगान्डालाई पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको छ । भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा भएको सेमिफाइलनमा नेपाली महिला टोलीले युगान्डालाई ८९-१८ अङ्कले पराजित गरेकाे छ ।
नेपालले उपाधिका लागि दोस्रो सेमिफाइनल भारत र दक्षिण अफ्रिकाबीचको विजेतासँग खेल्नेछ । यसअघि नेपाल समूह विजेता बन्दै सेमिफाइलनमा पुगेको थियो ।
पुरुषतर्फको सेमिफाइलनमा नेपालले आजै इरानसँग खेल्नेछ ।