होमपेज / खेलकुद
काठमाडौं । यू-१९ महिला विश्वकपमा नेपालले आज दोस्रो अभ्यास खेल अमेरिकासँग खेल्दैछ । नेपाल पहिलो अभ्यास खेलमा वेस्ट इन्डिजसँग ९ रनले पराजित भएको थियाे।
गत सोमबार मलेसियाको कोलेज टुएन्कु जाफर मैदानमा सोमबार वेस्ट इन्डिजले प्रस्तुत गरेको ११० रनको लक्ष्य पछ्याएको नेपाल १९.१ ओभरमा १०० रन मात्र जोडेर पराजित हुन पुगेको थियो । त्यस खेलमा नेपालका लागि सीमाना केसीले २३, कप्तान पूजा महतो र किरणकुमारी कुँवरले समान १८ तथा सोनी पाख्रिनले १५ रन बनाएकी थिइन् भने वेस्ट इन्डिजका लागि अमिया गिल्बर्ट, आलिया विक्स र त्रिशा हर्डाटले समान दुई तथा केनिका क्यासरले एक विकेट लिएका थिइन् ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १०९ रनको योगफल तयार पारेको थियो ।