ट्रेण्डिङ

होमपेज / खेलकुद

पीएम कप महिला क्रिकेटमा कर्णालीमाथि एपीएफको जित

नेपालगाथा २०८१ माघ १ गते मंगलबार २०:२२:०३ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेटमा सशस्त्र प्रहरी बल (एपीएफ)ले कर्णाली प्रदेशलाई पराजित गरेको छ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा मंगलबार दिउँसो भएको खेलमा एपीएफले कर्णालीलाई १११ रनले पराजित गरेको हो ।

एपीएफले दिएको १८३ रनको लक्ष्य पछ्याएको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ७१ रन मात्र बनाउन सक्यो । कर्णालीकी दिक्षा पुरीले सर्वाधिक १७ रन बनाइन् । बलिङमा एपिएफकी करुणा भण्डारीले ३ विकेट लिइन् । रेखा रावल, सुमन विष्ट र विनु बुढाले एक एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको एपिएफले २० ओभरमा १ विकेट गुमाएर १८२ रन बनाएको थियो । एपिएफकी ममता चौधरीले सर्वाधिक ७८ रन जोडिन् । कप्तान इन्दु बर्माले ५२ र राजमती ऐरीले २२ रनको योगदान दिइन् ।

बलिङमा कर्णालीकी दिक्षा पुरीले एक विकेट लिइन् । यसअघि आजै भएको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top