ट्रेण्डिङ

होमपेज / खेलकुद

महिला त्रिकोणात्मक टी–२० सिरिजको घोषणा

नेपालगाथा २०८१ पौष २८ गते आइतबार ११:१७:३० मा प्रकाशित

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले महिला त्रिकोणात्मक टी–२० सिरिजको घोषणा गरेको छ । आइतबार क्यानले महिला त्रिकोणात्मक टी–२० सिरिजको घोषणा गरेको हो ।

काठमाडौंमा जनवरी ३० देखि फेब्रुअरी ८ सम्म हुने यो प्रतियोगितामा नेपालसहित नेदरल्याण्डस् र थाइल्याण्ड सहभागी हुने भएका छन् ।

तीन देशले एक अर्कासहित ३–३ खेल खेल्ने छन् र शीर्ष दुई स्थानमा हुने देश फाइनलमा पुग्ने छन् । सिरिजको फाइनल खेल फेब्रुअरी ८ मा हुने छ ।

क्यानका अनुसार टियु अन्तर्राष्टिय क्रिकेट मैदानमा हुने सिरिज मध्यान्ह सवा १२ बजेदेखि सुरु हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top