होमपेज / खेलकुद
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि विजेता टोली जनकपुर बोल्ट्सलाई बधाई दिएका छन् । प्रधानमन्त्री ओलीले एनपीएल विजेता टोली जनकपुरलाई सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन् ।
प्रधानमन्त्री ओलीले फेसबुकमा लेखेका छन्, ‘बधाई जनकपुर बोल्ट्स्, एनपीएल उपाधि हात पारेकोमा । आजको खेलमा सुदूरपश्चिम रोयल्सको पनि राम्रो प्रदर्शन थियो । यससँगै नेपाली क्रिकेटको महापर्व आज सम्पन्न भएको छ । एनपीएलमा सहभागी सबै टिम र आयोजक तथा व्यवस्थापक सबैलाई धन्यवाद ! फेरि पनि बधाई जनकपुर बोल्ट्स् !’
आज भएको फाइनल खेलमा जनकपुरले सुदूरपश्चिमलाई ५ विकेटले हराउँदै एनपीएलको उपाधि जितेको हो । सुदूरपश्चिमले दिएको १ सय ८५ रनको लक्ष्य जनकपुरले १९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।