होमपेज / खेलकुद
काठमाडाैं | कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको नेपाल प्रिमियर लिग (एनपीएल)काे पहिलो क्वालिफायर म्याचमा जनकपुरलाई ८ विकेटले पराजित गर्दै सुदूरपश्चिम फाइनलमा प्रवेश गरेकाे छ । सुदूरपश्चिमलाई फाइनलमा पुर्याउनका लागि ओपनर विनोद भण्डारीले अर्धशतकीय पारी खेले । उनले ५५ बलमा नटआउट ५८ रन बनाए ।
सुदूरपश्चिमको लागि साइब जाइबले २१ बलमा ३२, ब्रान्डन म्याकमुलेनले १९ बलमा २५ र दीपेन्द्रसिंह ऐरीले नटआउट २० रन बनाए ।
कसिलो बलिङसामु खुलेर खेल्न नसक्दा जनकपुरले सुदूरपश्चिमलाई १४० रनको मध्यम लक्ष्य दिएको थियो । जनकपुरलाई मध्यम स्कोरमा रोक्न सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले ३ र सैब जइबले २ विकेट लिए । तर यो लक्ष्य सुदूरपश्चिमले ९ बल बाँकी हुँदै पूरा गर्यो ।
पराजित भएको जनकपुरले फाइनल प्रवेशको लागि कर्णाली याक्ससँग दोस्रो क्वालिफायर खेल्न पाउनेछ । दोस्रो क्वालिफायर बिहीबार हुनेछ ।
दोस्रो क्वालिफायरमा भिड्ने जनकपुर र कर्णालीबीचको विजेताले एनपीएलको पहिलो उपाधिको लागि सुदूरपश्चिम रोयल्सविरुद्ध फाइनल खेल्नेछ । यो खेल आगामी शनिबार हुनेछ ।