ट्रेण्डिङ

होमपेज / खेलकुद

एनपिएल विजेता टोलीलाई एक करोड १० लाख पुरस्कार

दोस्रो स्थानले ५१ लाख, तेस्रो स्थानले २५ लाख र चौथो स्थानले १५ लाख रुपैयाँ पाउने

नेपालगाथा २०८१ पौष २ गते मंगलबार २०:२२:१३ मा प्रकाशित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) काे पहिलो संस्करणको क्रिकेट प्रतियोगिताको उपाधि विजेता टोलीले एक करोड १० लाख रुपैयाँ पुरस्कार पाउनेछ ।

उक्त प्रतियोगितामा दोस्रो स्थान हासिल गर्ने टोलीले ५१ लाख रुपैयाँ, तेस्रो स्थान हासिल गर्ने टोलीले २५ लाख रुपैयाँ र चौथो स्थान हासिल गर्ने टोलीले १५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने नेपाल क्रिकेट सङ्घ (क्यान) का प्रवक्ता छुम्बी लामाले जानकारी दिनुभयो । 

त्यस्तै प्रतियोगितामा उत्कृष्ट घोषित हुने एक खेलाडीलाई एक थान कार प्रदान गर्ने क्यानले यसअघि नै घोषणा गरिसकेको छ ।

क्यानको आयोजनामा मङ्सिर १५ गतेदेखि सञ्चालन भएको यस एनपिएलमा विभिन्न आठ टोली सहभागी छन् । जसमा काठमाडौँ गोरर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, चितवन राइनोज, विराटनगर किङ्ग्स, जनकपुर बोल्ट्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स छन् ।

सहभागी टोलीमा  चार टोली प्लेअफमा पुगेका छन् भने बाँकी चार टोली प्रतियोगिताबाट बाहिरिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top