ट्रेण्डिङ

होमपेज / खेलकुद

वर्षाका कारण खेल रोकिएपछि नेपाल र भारतले अंक बाँडे

यू-१९ महिला एसिया कप

नेपालगाथा २०८१ पौष २ गते मंगलबार १५:०५:२२ मा प्रकाशित

काठमाडाैं | मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभलमा भएको एसीसी यू-१९ महिला एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल र भारतले अंक बाँडेका छन् । आजकाे खेल वर्षाले प्रभावित भएपछि दुवै टीमले एक-एक अंक बाँडेका हुन् ।

नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याएको भारतले ३ ओभर १ बल ब्याटिङ गरेपछि वर्षाले खेल रोकिएको थियो । खेल रोकिनुअघि भारतले विना विकेटको क्षतिमा २८ रन जोडेको थियो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित  २० ओभरमा ९ विकेट गुमाएर ९४ रन जोडेको थियो । नेपालको पारीमा कप्तान पूजा महतोले २५ र एलिसा कुमारी यादवले २० रन जोड्नुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । 

यससँगै नेपाल एक जीत र एक बराबरीसहित सुपर फोरमा पुगेको छ । सुपर फोरमा नेपालले बिहीबार श्रीलंका र शुक्रबार बंगलादेशसँग खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top