ट्रेण्डिङ

होमपेज / खेलकुद

महिला एसिया कप क्रिकेटमा आज नेपाल र भारत भिड्दै

एसीसी यू–१९ महिला एसिया कप

नेपालगाथा २०८१ पौष २ गते मंगलबार ०७:५२:३७ मा प्रकाशित

काठमाडौं । एसीसी यू–१९ महिला एसिया कप क्रिकेटमा नेपाल र भारत आज बीचकाे खेल आज हुँदैछ । एक खेल अगावै सुपर फोरमा प्रवेश गरेको नेपाल र भारत आमनेसामने हुन लागेका हुन् ।

खेल मलेसियाको वायुमास ओभलमा बिहान पौन १२ बजेदेखि सुरु हुनेछ । सोमबार भएको आफ्नो पहिलो खेलमा नेपालले पाकिस्तानको अन्डर १९ टिमलाई ६ विकेटले पराजित गर्दै सुपर फोरमा स्थान सुरक्षित गरेको हो ।

नेपालको जितमा कप्तान पूजा महतोले सानदार अलराउन्ड प्रदर्शन गरिन् । पाकिस्तान लगातार दोस्रो हारका साथ प्रतियोगिताबाट बाहिरिएको छ । पाकिस्तान पहिलो खेलमा भारतसँग पराजित भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top