होमपेज / खेलकुद
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुरलाई पराजित गर्दै चितवन राइनोजले प्ले अफमा सिट सुरक्षित गरेकाे छ। त्रिवि क्रिकेट मैदानमा शनिबारको खेलमा चितवनले जनकपुरलाई १८१ रनको लक्ष्य दिएको थियो। जवाफी ब्याटिङमा उत्रिएको जनकपुरले १८ ओभरमा सबै विकेट गुमाएर १४८ रन मात्रै बनाउन सक्यो।
जनकपुरलाई पराजित गरेसँग चितवनको प्लेअफ सम्भावना कायमै छ। आज पराजित भएका विराटनगर किंग्स र पोखरा एभेन्जर्स प्रतियोगिताबाट बाहिरिएका छन्।
आजको खेलमा जनकपुरका लागि अराउन्डर जिमि निसमले सानदार पारी खेले पनि जितका लागि प्रयाप्त हुन सकेन। १८ बलमा अर्धशतका प्रहार गर्दै उनी ६५ रनमा आउट भएका थिए। ओपनर आसिफ शेखले २३ रन बनाउँदा कप्तान अनिल कुमार शाहले आठ रन बनाए। शुभस कंसकारले १५ रन बनाए।
यता चितवनको जितमा बलिङतर्फ कप्तान कुशल मल्ल, सोहिल तानबिर र रिजन ढकालले समान दुई विकेट लिए भने अम्मर राउटेलाले एक विकेट हात पारे।