ट्रेण्डिङ

होमपेज / खेलकुद

एनपिएलमा पोखराको शानदार कमब्याक, लुम्बिनी १० विकेटले पराजित

नेपालगाथा २०८१ मंसिर २१ गते शुक्रबार १६:२६:०७ मा प्रकाशित

काठमाडाैं | नेपाल प्रिमियर लिग एनपीएलमा पोखरा एभेन्जर्सले लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै शानदार जित निकालेकाे छ । कीर्तिपुरमा लुम्बिनी लायन्सले दिएको १७१ रनको लक्ष्य पोखराले बिना विकेटको क्षतिमा पूरा गर्‍यो ।

पोखराको जीतमा साउथ अफ्रिकी मूलका अमेरिकी खेलाडी एन्ड्रिस गौसले शतकीय पारी (१०४ रन) खेले । उनलाई दिनेश खरेलले अर्धशतकीय पारी (६१ रन) खेल्दै साथ दिए । तीन खेलमा पोखराको यो पहिलो जीत हो । लुम्बिनीले भने लगातार २ हार व्यहोरेको छ ।

यसअघि कप्तान रोहित पौडेलले ९५ रन बनाउँदै पोखरा एभेन्जर्सलाई १७१ रनकाे लक्ष्य दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top