ट्रेण्डिङ

होमपेज / खेलकुद

जनकपुरद्वारा पोखरा एभेन्जर्स ७ विकेटले पराजित

नेपालगाथा २०८१ मंसिर २० गते बिहीबार १३:०५:५६ मा प्रकाशित

काठमाडौं। काठमाडौंमा जारी नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत आजको पहिलो खेलमा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गरेको छ। यो पोखरा एभेन्जर्सको लगातार दोस्रो हार हो भने जनकपुरको लगातार तेस्रो जित हाे।

जनकपुरले १७.१ ओभरको खेलमा ३ विकेट गुमाएर १ सय ४३ रन बनाएर जित हासिल गरेको हो । पोखराले जनकपुर बोल्ट्सलाई १ सय ३९ रनको लक्ष्य दिएको थियो ।

टीयु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३८ रनको लक्ष्य दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top