होमपेज / खेलकुद
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को छैटौं खेलमा काठमाडौं गुर्खाजले कर्णाली याक्सलाई ३ विकेटले पराजित गरेको छ । कर्णाली याक्सले दिएको १५० रनको लक्ष्य ३ बल बाँकी छ्दा भेट्टायो ।
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमाडौं गुर्खाजले पहिलो जीत हात पारेको छ । बुधबार बिहान कर्णाली याक्सलाई तीन विकेटले हराउँदै काठमाडौंले पहिलो जीत हात पारेको हो । कर्णालीले दिएको १५० रनको लक्ष्य काठमाडौंले १९.३ ओभरमा सात विकेट गुमाएर पूरा गर्यो ।
बलिङमा कर्णालीका सोमपाल, नन्दन यादव, गुल्सन झा, जीशन मक्सुद र विपिन शर्माले एक/एक विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १४९ रन बनाएको थियो । कर्णालीका लागि शिखर धवनले नटआउट ७२ रन बनाए । शुरूदेखि अन्तिमसम्म टिकेका उनले ५१ बलमा चार चौका र पाँच छक्का प्रहार गर्दै ७२ रन जोडेका हुन् ।
एक छेउबाट शुरूदेखि नै विकेट गए पनि धवनले अर्को छेउबाट टिकेर इनिङ्स सम्हालेका थिए । धवनले छैटौं विकेटका लागि जिसान मक्सुदसँग अविजित ६५ रनको साझेदारी गरे । कर्णालीका चाडविक वाल्टनले २१ रन बनाए । १५ बल खेलेका उनले पाँच चौका प्रहार गरेका थिए ।
त्यसैगरी जीसम मक्सुद १४, बाबर हायात १३, गुल्सन झा १२ रन बनाएर आउट भए । अर्जुन घर्तीले ४ रन बनाएर आएट हुँदा देव खनाल शून्यमै पेवेलियन फर्किएका थिए । काठमाडौंका कप्तान करण केसीले पहिलो ओभरमै खनाललाई आउट गरेका थिए ।
काठमाडौंका लागि गेह्रालण्ड इरास्मसले दुई विकेट लिए । पूरै चार ओभर बलिङ गरेका उनले २९ रन खर्चिएर दुई विकेट लिएका हुन् । त्यसैगरी करण केसी, नाथन स्वटर र दीपेश कँडेलले समान एक/एक विकेट लिए ।
कर्णाली याक्स पहिलो खेलमा जनकपुर वोल्ट्ससँग ८ विकेटले पराजित भएको थियो भने काठमाडौं चितवन राइनोजसँग ५ विकेटले पराजित भएको थियो ।