ट्रेण्डिङ

होमपेज / खेलकुद

कर्णालीले काठमान्डुलाई दियो १५० रनको लक्ष्य

एनपीएलमा शिखर धवनको पहिलो अर्धशतक

नेपालगाथा २०८१ मंसिर १९ गते बुधबार १०:५१:४७ मा प्रकाशित

काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमान्डु गुर्खाजलाई १५० रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ५ विकेट गुमाएर १४९ रन बनाएकाे हाे ।

धवनले ५१ बल खेल्दै ४ चौका र ५ छक्का सहित अविजित ७२ रन जोडे । धवनले छैटौं विकेटका लागि जिसान मक्सुदसँग अविजित ६५ रनको साझेदारी गरे । मक्सुदले ११ बल खेल्दै १ चौका मदतमा अविजित १४ रन जोडे ।

चाडविक वाल्टनले २१, बाबार हायतले १३ र गुल्सन झाले २ रन जोडे । अर्जुन घर्ती ४ रनमा आउट भए भने ओपनर देव खनालले खाता खोल्न सकेनन् ।

बलिङमा काठमाडौंका जेरार्ड एरासमसले २ तथा करण केसी, नाथन सोटर र दिपेश कँडेलले १-१ विकेट लिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top