ट्रेण्डिङ

होमपेज / खेलकुद

सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई दियाे १८३ रनको लक्ष्य

नेपालगाथा २०८१ मंसिर १८ गते मंगलबार ११:५०:३३ मा प्रकाशित

काठमाडाैं | नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई १८३ रनको लक्ष्य दिएको छ । सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८२ रन बनाएको हो । 

कप्तान ऐरीले २४ बलमा सर्वाधिक ५७ रन बनाए । यस्तै, ब्राण्डन मुल्लेनले २६ बलमा ३६ रन बनाए । २० बल खेलेका विनोद भण्डारी २३ रन बनाएर आउट भए । यसैगरी इशान पाण्डेले १६ बलमा २१, सैफ जैबले १५ बलमा १४, स्कट कुग्गेलैज्नले १० रन बनाउँदा अमित श्रेष्ठ १ रनमा आउट भए । 

विराटनगरका लागि अमित खरेलले ३ विकेट लिए । उनले चार ओभरमा २६ रन दिएर ३ विकेट लिएका हुन् । यसैगरी क्रिश सोल, इश्मत आलम र बसिर अहमतले समान एक/एक विकेट लिए । 

विराटनगर पहिलो खेलमा जनकपुर बोल्ट्स्सँग पराजित भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top