ट्रेण्डिङ

होमपेज / खेलकुद

गुल्शन, अर्जुन र सोमपालको आक्रामक ब्याटिङमा कर्णालीले जनकपुरलाई दियो १४२ रनको लक्ष्य

नेपालगाथा २०८१ मंसिर १७ गते सोमबार १४:४८:३९ मा प्रकाशित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) काे आजकाे दाेस्राे खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १४२ रनको लक्ष्य दिएको छ । टीयु क्रिकेट मैदानमा जनकपुरविरुद्ध टस जितेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४१ रन बनायो ।

कर्णालीका कप्तान सोमपाल कामी र अर्जुन घर्तीले आक्रामक ब्याटिङ गरे । सोमपाल १३ बलमा २९ रनमा अविजित रहे। अर्जुनले २२ बलमा ३३ रन बनाए । पछिल्लो २ ओभरमा कर्णालीले ४३ रन जोड्यो । अर्जुनले १९औं ओभरमा २२ रन प्रहार गरेका थिए । नेपालकै गुल्सन झाले ३६ रनको योगदान दिए ।

भारतीय चर्चित खेलाडी शिखर धवनसहित कर्णालीका सबै विदेशी खेलाडी फ्लप भए । शिखर धवन १४, चाडविक वाल्टन ८, बाबर हायत १२ र जिसन मक्सुद शुन्य रनमा आउट भए । बलिङमा जनकपुरका मोहम्मद मोहसिनले सर्वाधिक २ विकेट लिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top