होमपेज / खेलकुद
काठमाडाैं | नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा चितवन राइनोजद्वारा काठमाडौं गुर्खाजलाई ५ विकेटले पराजित गरेको छ । सोमबार बिहान सम्पन्न खेलमा काठमाडौं गुर्खाजले दिएको ११२ रनको लक्ष्य चितवनले १७.१ ओभरमा पाँच विकेट गुमाएर भेट्टायो ।
चितवनका सन्तोष कार्कीले सर्वाधिक अविजित २८ रन जोडे । ल्यूक मार्टिन बेनकेन्स्टाइले २२ रन बनाए। बलिङमा काठमाडौंका शाहब आलमले सर्वाधिक ३ विकेट लिए ।
त्यसअघि त्रिवि क्रीकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १११ रन बनाएको थियो । काठमाडौंका सुमित महर्जनले सर्वाधिक २९ रन बनाए ।
अहिले दोस्रो खेल जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दै छन् ।
लोकान्तर संवाददाता