ट्रेण्डिङ

होमपेज / खेलकुद

प्रधानमन्त्रीबाट विश्व बडिबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी सम्मानित

नेपालगाथा २०८१ मंसिर ४ गते मंगलबार १९:३७:५३ मा प्रकाशित

काठमाडौं । १५औँ विश्व बडिबिल्डिङ एण्ड फिजिकल स्पोर्टस् च्याम्पियनसिप, २०२४ मा पदकप्राप्त नेपाली खेलाडीलाई प्रधानमन्त्रीले म‌ंगलबार सम्मान गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज प्रधानमन्त्री ओलीले ती खेलाडीलाई बधाई दिँदै सम्मान गरेका हुन् ।

यही नोभेम्बर ५ देखि ११ सम्म माल्दिभ्समा भएको प्रतियोगिताको विभिन्न तौल समूह र विधामा रुपेश शाही, प्रज्ज्वल शाक्य, रजनी शाक्य र सोनाम मुलगुठीले दोस्रो स्थान हासिल गरेका थिए ।

नेपाल शारीरिक सुुगठन तथा फिटनेस महासङ्घका अध्यक्ष राजेशबाबु श्रेष्ठले पर्यटन प्रवर्द्धनमा समेत योगदान मिल्ने भएकाले यस खेललाई सरकारले प्राथमिकता दिनुपर्नेमा जोड दिए । सो अवसरमा मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्यलगायतकाे सहभागिता थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top