होमपेज / खेलकुद
काठमाडौं । एसियाली छनोटको अन्तिम खेलमा बुधबार यूएईलाई हराएर नेपालले पहिलो पटक यू-१९ विश्वकपमा छनोट भएको छ । एसिया छनोटमा ६ खेलमा ५ जित निकाल्दै नेपाल विश्वकपमा छनोट भएको हो । नेपालले यूएईलाई नेटरनरेटमा पछाडि पार्दै विश्वकपमा स्थान बनाएको हो ।
पहिला ब्याटिङ गरेको यूएईलाई ८३ रनमा सीमित गर्दै नेपालले जितको आधार बलियो बनाएको थियो । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८३ रन बनाएको थियो । युएईका लागि समाइरा धर्निधर्कले सर्वाधिक ३१ रन बनाएकी थिइन् ।
बलिङमा नेपालीका कृष्मा गुरुङ ४, सीमा केसी र रिया शर्माले २/२, र रचनाकुमारी चौधरीले एक विकेट लिएकी थिइन् । नेपालका लागि साना प्रविनले सर्वाधिक ३५ रन बनाइन् । कप्तान पूजा महत्तोले २१ रन र सोनी पाख्रिनले १३ रनमा बनाइन् । नेपालले १५औँ ओभरमा २ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो ।
नेपालले आगामी जनवरीमा मलेसियामा हुने आईसिसी यू-१९ महिला टी-२० विश्वकपमा खेल्ने छ ।