ट्रेण्डिङ

होमपेज / खेलकुद

कुवेतलाई १६५ रनले हराउँदै नेपालकाे चाैथाे जित

नेपालगाथा २०८१ कार्तिक २७ गते मंगलबार १५:४२:१० मा प्रकाशित

काठमाडौं । यूएईमा जारी यू- १९ महिला टी २० विश्वकप छनोटमा नेपालले कुवेतलाई १६५ रनको फराकिलाे अन्तरले हराउँदै चौंथो जित निकालेको छ । नेपाललाई जित दिलाउन कप्तान पूजा महतोले बलिङ र ब्याटिङमा शानदार प्रदर्शन गरिन् ।

उनले ६९ बलमा अविजित १३० रन बनाएपछि नेपालले २१३ रनको पहाड खडा गरेको थियो । बलिङमा पनि चम्किएकी पूजाले ५ विकेट लिएपछि कुवेत ४८ रनमा नै अलआउट भयो । पूजाले ४ ओभरमा केवल ८ रन खर्चिएकी थिइन् ।

कुवेतकी जीफा जिलानीले संघर्ष गर्दै ३६ रन बनाइन् । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top