ट्रेण्डिङ

होमपेज / खेलकुद

बंगलादेशले चुम्याे साफ महिला च्याम्पियनसिपको उपाधि

नेपालगाथा २०८१ कार्तिक १४ गते बुधबार २१:०३:३२ मा प्रकाशित

काठमाडौं । काठमाडौस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाललाई २–१ गोलले पराजित गर्दै बंगलादेशले उपाधि चुमेकाे छ ।

खेलको ५३ औँ मिनेटमा मोनिका चक्माको गोलमा बंगलादेशले अग्रता बनाएको थियो। बंगलादेशले गोल गरेको ४ मिनेटमै नेपालकी अमिशा कार्कीले गोल गर्दै बराबरीमा फर्काएकी थिइन् । 

दोस्रो हाफको ३७ औँ मिनेटमा बंगालदेशकी रितुपुर्णा चक्माले फेरि अर्को गोल गर्दै बंगलादेशलाई उपाधि जिताएकी हुन् । त्यसपछि दुवैतर्फबाट गोल नभएपछि बंगलादेशले लगातार दोस्रोपटक साफ च्याम्पियनसिपको उपाधि जितेको हो । नेपाल भने छैटौं पटक उपविजेतामा सीमित भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top