होमपेज / खेलकुद
काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलका लागि बुधबार बिहान ८ बजे जावलाखेल मैदानमा टिकट बिक्री सुरु हुने अखिल नेपाल फुटबल संघ-एन्फाले जनाएको छ ।
एकजनाले अधिकतम २ वटा भीआईपी र ५ वटा साधारण प्यारापिटको टिकट लिन सक्नेछन् ।
टिकट अनलाइनबाट खरिद गर्न सकिने छैन । यसअघि बुकिङ भइसकेका अनलाइन टिकटको पैसा फिर्ता गरिने एन्फाले जनाएको छ ।
यसअघि एन्फाले प्रतियोगिताका लागि टिकट बिक्रीमा जिम्मा एक कम्पनीलाई दिएको थियो । तर, आइतबार साँझ भएको नेपाल र भारतबीचको सेमिफाइनलमा १५ हजार दर्शक क्षमताको रंगशालामा क्षमताभन्दा बढी टिकट बिक्री गरेको पाइएपछि एन्फा आफैँले टिकट बिक्री गर्न लागेको हो ।
भद्रकाली आर्मी गेट र सातदोबाटोस्थित एन्फा कम्प्लेक्ससहित तीन ठाउँमा टिकट बिक्री हुनेछ ।