होमपेज / खेलकुद
काठमाडौं । दशरथ रंगशालामा जारी साफ वुमन्स च्याम्पियनसिपमा भारतलाई पेनाल्टी सुटआउटमा हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको छ । निर्धारित समयमा खेल १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेकाे थियो । नेपालका गाेलकिपरले भारतका दुई खेलाडीको प्रहार रोकेपछि नेपाल जित नजिक पुगेकाे हाे ।
यसअघि खेलको ७१औं मिनेटमा भारतले गोल गर्दै खेलमा अग्रता लिएको थियो । त्यसलगत्तै नेपालकी प्रीति राईले गरेको गोलमा सुरुमा रेफ्रिले गोलको मान्यता दिए पनि भारतले प्रोटेष्ट गरेपछि उक्त गोलले मान्यता पाएको थिएन । त्यसपछि खेल रोकिएको थियो ।
खेल रोकिएको १ घन्टापछि फेरि खेल सुरु भएको थियो । खेल सुरु भएको एक मिनेट भित्रै नेपालकी सावित्रा भण्डारीले गोल गर्दै खेल बराबरीमा फर्काएकी थिइन् । निर्धारित समयमा दुवै टिम १-१ को बराबरीमा राेकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेकाे थियाे ।
नेपालले अब उपाधिका लागि बुधबार बंगलादेशसँग खेल्नेछ ।