ट्रेण्डिङ

होमपेज / खेलकुद

आजका सेमिफाइनल बंगलादेश र भुटानबीच दिउँसो साढे १ बजे, नेपाल र भारतबीच साँझ साढे ६ बजे

साफ वुमन्स च्याम्पियनसिप

नेपालगाथा २०८१ कार्तिक ११ गते आइतबार ०८:४४:३७ मा प्रकाशित

काठमाडौं । काठमाडौंमा जारी साफ वुमन्स च्याम्पियन्सिप २०२४ काे पहिलो सेमिफाइनल बंगलादेश र भुटानबीच आज दिउँसो साढे १ बजे सुरु हुनेछ । यस्तै दोस्रो सेमिफाइनलमा नेपाल र भारतबीच साँझ साढे ६ बजे सुरु हुनेछ ।

समूह चरणमा दिनको दोस्रो खेल साढे ५ बजे भए पनि नकआउट चरणको खेल अतिरिक्त समयमा पुग्न सक्ने कारणले दोस्रो सेमिफाइनलको समय एक घण्टा पछि सारिएको एन्फाले जनाएको छ ।

सेमिफाइनलसम्म आइपुग्दा अहिलेसम्म भारत बाहेक बाँकी तीन टिम अपराजित छन् । नेपाल, भुटान र बंगलादेश समूह्य चरणमा अपराजित रहे । सेमिफाइनल कुन टिमले त्यो अपराजित यात्रा कायम राख्ला त्यो भने हेर्नलायक हुनेछ ।

नेपाल, भारत र बंगलादेश अहिलेसम्म भएका सबै सातवटै संस्करणमा सेमिफाइनल पुगेका छन् । भुटान भने सेमिफाइनल पुगेको यो दोस्रो पटक हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top