ट्रेण्डिङ

होमपेज / खेलकुद

रोहित पौडेलको कप्तानीमा लिग टूका लागि नेपाली टोली घोषणा

नेपालगाथा २०८१ कार्तिक १० गते शनिबार १४:२२:५४ मा प्रकाशित

काठमाडाैं | आईसीसी विश्वकप लिग टू सिरिजका लागि नेपाली टोलीको घोषणा भएकाे छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । नेपाल, अमेरिका र स्कटल्याण्डबीच अमेरिकामा हुने लिग टू मा नेपालले आफ्नो पहिलो खेल आइतबार घरेलु टोली अमेरिकासँग खेल्दैछ ।

क्यानले दिएको जानकारी अनुसार नेपाली टिममा कप्तान पौडेलका साथै कुशल भुर्तेल, आसिफ सेख, अनिल साह, भीम सार्की, आरिफ सेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्सन झा, रिजन ढकाल, सन्दीप लामिछाने र ललित राजवंशी छन्। सागर ढकाल र देव खनाललाई भने रिजर्भमा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top