ट्रेण्डिङ

होमपेज / खेलकुद

बंगलादेश समूह विजेता र भारत उपविजेता बन्दै सेमिफाइनलमा

नेपालमा जारी साफ महिला फुटबल च्याम्पियनसिप

नेपालगाथा २०८१ कार्तिक ८ गते बिहीबार ०७:०४:५९ मा प्रकाशित

काठमाडौं । दशरथ रंगशालामा बुधबार भएको खेलमा बंगलादेशले भारतलाई ३–१ गोलले हराउँदै साविक विजेता बंगलादेश नेपालमा जारी साफ महिला फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । पहिलो हाफमै बंगलादेशले भारतलाई ३ गोल गरेको थियो ।

समूह ए मा बंगलादेश ४ अंकसहित विजेता बन्यो भने भारत ३ अंकसहित उपविजेता बनेर सेमिफाइनल पुगेकाे छ । 

बंगलादेशले अब समूह बीको उपविजेता र भारतले समूह बीको विजेतासँग सेमिफाइनल खेल्ने छन् । समूह बीमा दुई खेलपछि नेपाल र भुटानको समान ४ अंक छ । अन्तिम खेलमा नेपालले श्रीलंका र भुटानले मालदिभ्ससँग खेल्ने छ ।

२ खेलबाट ३ अंक भएको श्रीलंका तेस्रो स्थानमा छ। गोलअन्तरमा नेपाल पहिलो स्थानमा छ । श्रीलंकासँग बराबरीले पनि नेपालको सेमिफाइनल स्थान पक्का गर्ने छ । गत संस्करणमा भारतलाई सेमिफाइनलमा हराएको नेपाल फाइनलमा बंगलादेशसँग पराजित भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top