ट्रेण्डिङ

होमपेज / खेलकुद

अमेरिकाविरुद्धको टी-२० आई सिरिजमा नेपालको क्लिनस्वीप

नेपालगाथा २०८१ कार्तिक ५ गते सोमबार ०९:२७:५१ मा प्रकाशित

काठमाडौँ । अमेरिकाविरुद्धको टी-२० आई सिरिज नेपालले क्लिनस्वीप गरेको छ । तेस्रो खेलमा अमेरिकालाई ८ विकेटले पराजित गर्दै नेपालले सिरिज नै क्लिनस्वीप गरेको हो ।

पहिलो खेलमा अमेरिकाविरुद्ध १७ रनको जित निकालेको नेपालले दोस्रो खेल भने सुपरओभरमा जितेको थियो ।

आजको खेलमा टस हारेर पहिले बलिङ गरेको नेपालले जितका लागि १ सय ५७ रनको लक्ष्य पाएको थियो । नेपालका आसिफ शेख ५० र अनिल शाह १३ रनमा आउट हुँदा कुशल मल्ल ४४ र कुशल भुर्तेल ४० रनमा अविजित रहे ।

अमेरिकाका जुवानाय ड्राइसडेल र जसदीप सिंहले एकरएक विकेट लिए । यसअघि डालसमा टस जितेर ब्याटिङ गरेको अमेरिकाले ५ विकेटको क्षतिमा १५६ रन बनाएको थियो ।

अमेरिकाका लागि सैतेजा मुक्कामल्लाले ६८, मिलिन्ड कुमारले ४३, आरोन जोन्सले १३ रन र हरमीत सिंहले १० रन जोडे । अरु ब्याटरले दोहोरो अंक जोड्न सकेनन् ।

नेपालका सोमपाल कामीले तीन, रिजन ढकाल र ललित राजवंशीले  १/१ विकेट लिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top