ट्रेण्डिङ

होमपेज / खेलकुद

विष्फोटक ब्याट्सम्यान गुल्शन झा कर्णाली टिममा

नेपालगाथा २०८१ आश्विन २१ गते सोमबार ०६:३७:०२ मा प्रकाशित

काठमाडौं । नेपाली राष्ट्रिय टीमका विष्फोटक ब्याट्सम्यानका रुपमा परिचित गुल्सन झा नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करणमा कर्णालीमा आवद्ध भएका छन् । स्टार अलराउन्डर गुल्शनकुमार झालाई गोलाप्रथाबाट कर्णालीले हात पारेको हो ।

गुल्शन आजको अक्सनमा सबैभन्दा बढी चासोमा थिए । सबै टीम उनलाई भित्र्याउन आतुर थिए । ७ टीमले उच्चतम १५ लाखको बोली लगाए । लुम्बिनीले भने ए ग्रेडका ३ खेलाडीको कोटा पुर्याइसकेकाले गुल्शनलाई लिने दौडमा सामेल हुन पाएन ।अन्तिममा गोलाप्रथाबाट कर्णालीले लग्यो ।

गुल्शनलाई प्राप्त गर्दा कर्णाली टीमको खेमामा खुशीयाली छाएको थियो । फ्रेन्चाइजका सदस्यहरुले आपसमा बधाई साटासाट गरेका थिए । कर्णालीको मार्की खेलाडीमा सोमपाल कामी रहेका छन् ।

गुल्शनले नेपाली राष्ट्रिय टीमबाट उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । नेपालको क्यानडा भ्रमणमा उनले शानदार प्रदर्शन गरेका थिए ।

१८ वर्षिय गुल्शन झा विष्फोटक ब्याटिङका लागि चिनिन्छन् । उनले थुप्रै म्याचमा नेपाललाई अप्ठेरो स्थितिबाट उकासेका छन् । पछिल्लो समय उनको बलिङ पनि धारिलो हुँदै गएको छ । ब्याटिङ र बलिङ दुवैमा योगदान दिन सक्ने भएकाले सबै टिमले उनीमाथि आँखा लगाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top