ट्रेण्डिङ

होमपेज / खेलकुद

फिफाका अध्यक्ष जियानी इन्फान्टिनो नेपाल आउने

नेपालगाथा २०८१ आश्विन १८ गते शुक्रबार ११:३२:३६ मा प्रकाशित

=काठमाडाैं | फिफाका अध्यक्ष जियानी इन्फान्टिनो नेपाल आउने भएका छन् ।नेपालमा बाढीपहरोमा परेर अखिल नेपाल फुटबल संघ (एन्फा)का ६ खेलाडीसहित सयौंको मृत्यु भएकोमा दु:ख व्यक्त गर्दै उनले आफू केही समयमै नेपाल आउने जानकारी दिएका हुन् । 

एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङलाई पत्र पठाउँदै उनले पहिरोमा परी ज्यान गुमाएका एन्फा एकेडेमीका ६ युवा खेलाडीहरूप्रति पनि श्रद्धाञ्जली अर्पण गरेका छन् । 

यसअघि सन् २०१२ मा फिफाका तात्कालीन अध्यक्ष सेप ब्लाटर नेपाल भ्रमणमा आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top