होमपेज / खेलकुद
काठमाडौं । नेपाल काठमाडौंमा जारी साफ यू–२० च्याम्पियनसिपको फाइनलमा पुगेको छ । नेपालले आइतबार भुटानलाई ४-१ ले पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।
निर्धारित ९० मिनेटमा दुवै टिमले १–१ गोल गरेपछि थपिएको अतिरिक्त समयमा कुनै गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो ।
पेनाल्टी सुटआउटमा नेपाल ४–१ ले विजयी भएकाे हाे । दोस्रो सेमिफाइनलमा सोमबार भारत र बंगलादेश खेल्नेछन् । फाइनल बुधबार दशरथ रंगशालामा हुनेछ ।