होमपेज / खेलकुद
काठमाडौं । नेपाली खेलकुदको पुरानो संघ मध्येको एक अखिल नेपाल टेबल टेनिस संघको अर्को साता निर्वाचन हुने भएको छ।
लामो समयदेखि अन्योलमा रहेको टेबल टेनिस संघको निर्वाचन भदौ ८ गतेका लागि तोकिएको थियो।
राष्ट्रिय खेलकुद परिषद (राखेप) को निर्वाचन समितिलले साउन १५ गते राष्ट्रिय दैनिकमा टेबलटेनिस संघको निर्वाचन भदौ ८ गते हुने सुचना जारी गरेको थियो।
राखेपले खेलकुद विकास विभाग प्रमुख सरोजकुमार पोखरेल, संघसंस्था शाखा प्रमुख चन्द्रकुमार राई र कानुन शाखा प्रमुख नारायणराज अर्यालसहितको ३ सदस्यीय चुनावी समिति गठन गरिसकेको बताइएको छ।
पटक पटक म्याद थप गरिएको टेबल टेनिस संघको तदर्थ समितिले निर्वाचन मिति तोक्न सकेको थिएन। २०८० चैत २१ गते सम्म संघको सदस्यता आधार मानेर निर्वाचन प्रक्रिया अघि बढाउन मन्त्री स्तरीय निर्णय भएको सुचनामा उल्लेख छ । (हाम्रो खेलकुदबाट )
.jpg)