होमपेज / खेलकुद
काठमाडौं । श्रीलंकामा अर्को महिना हुने काभा यु २० पुरुष भलिबल च्याम्पियनसिपको तयारीका लागि १८ खेलाडी प्रशिक्षण छानिएका छन् ।
नेपाल भलिबल संघले आइतवार भदौ ८ गते प्रशिक्षण शुरु गर्ने गरी आज १८ खेलाडीको नाम सार्वजनिक गरेकाे हाे ।
च्याम्पियनसिप असोज १७ देखि २३ गतेसम्म श्रीलंकाको कोलम्बोमा हुनेछ । छनोट भएका खेलाडीलाई भदौ ७ गते सम्पर्कमा आउन भनेको छ ।
केहि साताअघि काठमाडौंमा भएको यु १९ भलिबल च्याम्पियनसिपमा गरेको प्रदर्शनको प्रदर्शनबाट खेलाडी छनोट गरिएको हो ।
सो प्रतियोगिताको महिला प्रतियोगितामा भाग लिएर छनोट भएका टोलीले गत महिना माल्दिभ्समा सम्पन्न काभा यु २० च्याम्पियनसिपमा कास्य पदक जितेको थियो ।
.jpg)