होमपेज / खेलकुद
काठमाडौं । नेपालले अन्डर १९ क्रिकेट विश्वकपको एसिया छनोट प्रतियोगिता आयोजना गर्ने भएको छ । छनोट सन् २०२५ को अप्रिल १२ देखि २१ सम्म काठमाडौंमा आयोजना हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।
प्रतियोगितामा आयोजक नेपाल,अफगानिस्तान, हङकङ, ओमान र युएईको सहभागिता रहनेछ । प्रतियोगिताको विजेता जिम्बाब्वे र नामिबियामा हुने २०२६ को यु१९ विश्वकपका लागि छनोट हुनेछ ।
नेपालले यसै वर्षको सुरुमा दक्षिण अफ्रिकामा भएको यु१९ विश्वकपमा सहभागिता जनाएको थियो ।