ट्रेण्डिङ

होमपेज / खेलकुद

 नेपालले युएईलाई ६ विकेटले हरायो

नेपालगाथा २०८१ श्रावण ४ गते शुक्रबार १७:४३:४० मा प्रकाशित

काठमाडौं । नवौँ महिला एसिया कप क्रिकेट प्रतियोगिता’को उद्घाटन खेलमा नेपालले जित हासिल गरेको छ ।  आज भएको उद्घाटन खेलमा नेपालले पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई ६ विकेटले हराएको हो । 

 युएईले दिएको ११६ रनको लक्ष्य पछाएको नेपालले १६.१ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । नेपालका लागि सम्झना खड्काले अविजित ७२ रन बनाइन् भने रुबिना क्षेत्रीले १० रन बनाइन् ।

टस हारेर पहिला ब्याटिङ गरेको युएईले २० ओभरमा ८ विकेट गुमाएर ११५ रन बनाएको थियो । युएईका लागि खुशी शर्माले सर्वाधिक ३६ रन बनाइन् भने कभिषा इगोडागेले २२, समिरा धर्निधर्काले १३ रन बनाइन् ।

नेपाली बलर कप्तान इन्दु बर्माले सर्वाधिक ३ विकेट लिइन् भने सबनम राई, कबिता जोशी र कृतिका मरासिनीले १/१ विकेट लिए ।

अब नेपालले अर्को खेल आइतबार पाकिस्तानविरुद्ध खेल्दै छ भने युएईले आइतबार नै भारतको सामना गर्दै छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top