होमपेज / खेलकुद
काठमाडौं । टी-२० विश्वकपको सुपर-८ मा अफगानिस्तानले अष्ट्रेलियालाई २१ रनले पराजित गरेकाे छ ।
अफगानिस्तानले दिएको १४९ रनको लक्ष्य पछ्याएको अष्ट्रेलिया १९.२ ओभरमा १२७ रनमा अलआउट भयो । अष्ट्रेलियासँग भएका ६ अन्तर्राष्ट्रिय खेलमा अफगानिस्तानको यो पहिलो जित हो ।
टस हारी पहिले ब्याटिङको गरेकाे अफगानिस्तानले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय ४६ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको अस्ट्रेलियाले भने १९।२ ओभरमा अलआउट हुनुअघि १ सय २७ रन बनाउन बनाएकाे थियाे ।
अष्ट्रेलियाका ग्लेन म्याकवेलले ४१ बलमा ५९ रन जोडे । बलिङमा अफगानिस्तानका गुलबदिन नायबले सर्वाधिक ४ विकेट लिए ।
त्यसअघि पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४८ रन जोडेको थियो । अफगानिस्तानका ओपनरद्वय रहमानउल्लाह गुरबाजले ६० र इब्राहिम जाद्रानले ५१ रन जोड्दै शानदार सुरुवात दिलाएका थिए। बलिङमा अष्ट्रेलियाका पाट कमिन्सले ३ र एडम जाम्पाले २ विकेट लिए ।
अब अष्ट्रेलियाले भारत र अफगानिस्तानले बंगलादेशसँग खेल्नेछन् । बाँकी खेल दुवैले जिते नेट रनरेटका आधारमा सेमिफाइनल जाने टोलीको निर्णय हुनेछ ।
यो समूह १ मा भारत ४ अंकका साथ शीर्ष स्थानमा छ ।