ट्रेण्डिङ

होमपेज / खेलकुद

दोस्रो काँक्रेविहार राष्ट्रिय हाफ म्याराथन प्रतियोगिताको तयारी पुरा

नेपालगाथा २०८१ असार ५ गते बुधबार १४:४२:०० मा प्रकाशित

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा संचालन हुन लागेको दोस्रो काँक्रेविहार राष्ट्रिय हाफ म्याराथन प्रतियोगिताको तयारी पुरा भएको छ । आज आयोजकले पत्रकार सम्मेलन गदै दोस्रो काँक्रेविहार हाफ म्याराथनकाे सबै तयारी पुरा  भएको जानकारी दिएकाे हाे । 

 शुक्रबार हुन लागेको हाफ म्याराथनमा देशभरका २ हजार भन्दा बढी धावकहरु सहभागी रहने संयोजक प्रमोद हमालले जानकारी दिए । कर्णाली खेलकुद विकास परिषद्कोे सहयोग तथा मिड वेस्टन फिटनेस सेन्टरको अयोजनामा प्रतियोगिता संचालन हुने भएकाे छ । 

हमालले एथेलेक्टिसका माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा काँक्रेविहारको पहिचान स्थापित गर्न र आसन्न दशौं राष्ट्रिय खेलकुदको पूर्वसन्ध्यामा कर्णालीले जुनसुकै खेल पनि खेलाउन सक्छ भन्ने सन्देश प्रवाह गराउन म्याराथन आयोजना गरिएको बताए ।

हाफ म्याराथनको विजेतामध्ये २१ किलोमिटर प्रथम हुने खेलाडीलाई १ लाख राशीको पुरस्कार प्रदान गरिने छ । द्वितिय स्थान प्राप्त गर्नेले ५० हजार, तृतिय हुनेलाई ३० हजार र सान्त्वना स्थान हाँसिल गर्ने खेलाडीलाई ३० हजार रकम पुरस्कारस्वरुप प्रदान गरिने र १० किलोमिटर तर्फ प्रथम १०, द्धितिय ७ र तृतिय पाँच हजार, पाँच किलोमिटर तर्फ प्रथम पाँच, द्धितिय तीन र तृतिय स्थान हासिल गर्ने खेलाडीलाई दुई हजार नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top