ट्रेण्डिङ

होमपेज / खेलकुद

कप्तान रोहितसँग झगडा गर्न खोज्ने बंगलादेशी खेलाडीलाई कारबाही

नेपालगाथा २०८१ असार ५ गते बुधबार १३:५६:३७ मा प्रकाशित

काठमाडौं ।  नेपालली कप्तान रोहित पौडेलसँग झगडा गर्न खोज्ने बंगलादेशी खेलाडी तान्जिम हसन सकिबलाई आइसीसीले कारवाही गरेको छ ।

फास्ट बलर सकिबलाई आचारसंहिता तोडेको आरोपमा आइसीसीले कारवाही गरेको हो । तान्जिमलाई म्याच फीको १५ प्रतिशत जरिवाना गरिएको छ ।

नेपालको इनिङको तेस्रो ओभरमा तान्जिमले नेपाली कप्तान रोहित पौडेलसँग भनाभन गरेका थिए। उनले रोहितको शरीरमा हात लगाएको पुष्टि भएपछि आइसीसीले कारबाही गरेको हो।

आइसीसीको खेलाडी आचारसंहिता अनुसार अन्तर्राष्ट्रिय खेलमा कुनै पनि खेलाडीले गलत तरिकाले विपक्षी खेलाडीको शरीरमा छुन पाइदैन।  तान्जिमले हातै हालेर रोहितलाई धकेल्न खोजेका थिए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top