ट्रेण्डिङ

होमपेज / खेलकुद

बंगलादेशसँग नेपाल पराजित

नेपालगाथा २०८१ असार ३ गते सोमबार ११:०५:३२ मा प्रकाशित

काठमाडौँ । टी-२० विश्वकप अन्तर्गत बंगलादेशसँग नेपाल पराजित भएको छ । बंगलादेशले २१ रनले विजयी भएको हो । जितसँगै बंगलादेश सुपर ८ मा पुगेको छ ।

बंगलादेशले १९.३ ओभरमा अलआउट हुँदै नेपाललाई १०७ रनको लक्ष्य दिएको थियो ।

नेपालका कुशल मल्ले ४० बलमा  २७ रन बनाए  । दीपेन्द्र सिंह ऐरीले ३१ बलमा २५ रन बनाएका छन् । आसिफ शेखले १४ बलमा १७ रन बनाए ।

बंगलादेशका शकिब अल हसनले सर्वाधिक १७ रन बनाए भने महमुदुल्लाह र रिशाद होसैनले १३-१३ रन बनाएका थिए ।

त्यस्तै जाकेर अलीले १२ र लिटन दासले १० रन बनाएका थिए ।

त्यस्तै यस खेलमा नेपाली बलरले शानदार बलिङ गरेका थिए ।

बलर सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, रोहित पौडेल र सन्दीप लामिछानेले २-२ विकेट लिएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top