होमपेज / खेलकुद
काठमाडौँ । टी–२० विश्वकपमा नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित भएकाे छ । जितका लागि १ सय १६ रनको लक्ष्य पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय १४ रन बनायाे ।
नेपालका लागि आसिफ शेखले सर्वाधिक ४२ रनको बनाए। उनले ४९ बलमा ४ चौका र १ छक्का हाने । अनिल साहले २४ बलमा २७ रन हाने । उनले यस क्रममा ३ चौका र एक छक्का हाने । ओपनर कुशल भुर्तेलले २१ बलमा १३ रन जोडे । उनले एक चौका र एक छक्का लिए ।
दक्षिण अफ्रिकाका लागि ताब्राइज साम्सीले ४ विकेट लिए भने एनरिच नोर्टजे र ऐडन मार्क्रमले १–१ विकेट लिए ।
प्रतियोगितामा दक्षिण अफ्रिकाको लगातार चौथो जित हो । नेपालले भने तेस्रो खेलमा दोस्रो हार बेहोरेको छ । योसँगै नेपालको सुपर ८ मा पुग्ने सम्भावना समाप्त भएको छ ।