ट्रेण्डिङ

होमपेज / खेलकुद

अष्ट्रेलियासँग नामिबिया पराजित

नेपालगाथा २०८१ जेठ ३० गते बुधबार ११:०४:५६ मा प्रकाशित

काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तरगत अष्ट्रेलियासँग नामिबिया पराजित भएकाे छ । अष्ट्रेलियाले नामिबियालाई ९ विकेटले हराउँदै लगातार तेस्रो जित हात पारेको हाे ।

७३ रनको लक्ष्य अष्ट्रेलियाले ५.४ ओभरमा १ विकेट गुमाएर पूरा गर्‍यो ।

अष्ट्रेलियाका लागि नटआउट रहँदै ट्रभिस हेडले ३४ र माइकल मार्सले १८ रन बनाए । डेभिड वार्नरले २० रन बनाए । नामिबियाका डेभिड वाइसले १ विकेट बनाए ।

यसअघि टस हारेर पहिले ब्याटिङको गरेको नामिबियाले १७ ओभरमा अलआउट हुँदै ७२ रन बनाएको थियो ।

याे जितसँगै समूह बी मा अष्ट्रेलिया शीर्ष स्थानमा रहँदै एक खेल अगावै सुपर-८ मा पुगेको छ ।

समूह डी मा दक्षिण अफ्रिका ३ खेलमा ६ अंकका साथ सुपर-८ मा स्थान पक्का गरेको छ । अन्य टोलीले भने सुपर ८ मा आफ्नो स्थान पक्का गर्न बाँकी छ । हरेक समूहबाट शीर्ष दुई टोली सुपर-८ मा पुग्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top