ट्रेण्डिङ

होमपेज / खेलकुद

सन्दीपले आईसीसी टी-२० विश्वकप खेल्ने

नेपालगाथा २०८१ जेठ २८ गते सोमबार १०:३८:१५ मा प्रकाशित

काठमाडाैं | आईसीसी टी-२० विश्वकपमा नेपाली क्रिकेटर सन्दीप लामिछाने सहभागी हुने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार विज्ञप्ति जारी गर्दै सन्दीप टी-२० विश्वकपका लागि वेस्ट इन्डिज जाने जानकारी गराएकाे हो । 

उनी नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेश हुने क्यानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

पूर्वघोषित टिमबाट युवा बलर प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राख्ने निर्णय गर्दै लामिछानेलाई विश्वकप खेल्ने आधिकारिक १५ जना टोलीको अन्तिम नामावली आईसीसी सामु पेश गरेको क्यानले जनाएको छ । 

लामिछाने गत मे १६ तारिखदेखि नै नेपालको अफिसियल स्क्वाडमा रहेका तर, उनको अमेरिकी भिसा प्राप्त नभएता पनि आईसीसीसँग समन्वय गरी वेस्ट इन्डिजमा हुने दक्षिण अफ्रिका तथा बंगलादेश विरुद्ध नेपालका दुई खेलमा उनको उपस्थिति रहने क्यानका सचिव पारस खड्काले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top