होमपेज / खेलकुद
काठमाडौं । टी–२० विश्वकप अन्तर्गत आज राति सवा ८ बजे भारत र पाकिस्तानबीच खेल हुने भएकाे छ। समूह ए अन्तर्गत यो खेल नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सुरु हुनेछ ।
पहिलो खेलमा भारतले आयरल्याण्डविरुद्ध सहज जित निकाल्दा पाकिस्तानले अमेरिकासँग हार बेहोरेर थियो । सुपर-८ मा पुग्ने सम्भावना कायमै राख्न पाकिस्तानलाई यो खेल जित्नै पर्ने दबाब छ ।
यो खेल हारेमा पाकिस्तानको सुपर-८ मा पुग्ने सम्भावना कठिन हुनेछ ।