ट्रेण्डिङ

होमपेज / खेलकुद

टी-२० विश्वकपमा नेपाल नेदरल्याण्डससँग पराजित

नेपालगाथा २०८१ जेठ २३ गते बुधबार ०९:५९:३७ मा प्रकाशित

काठमाडौँ । टी-२० विश्वकपमा नेदरल्याण्डससँग नेपाल पराजित भएको छ । नेदरल्याण्ड्सले नेपाललाई ६ विकेटले पराजित गरेको हो ।

नेपालले दिएको १०७ रनको सामान्य लक्ष्य नेदरल्याण्ड्ले १८.४ ओभरमा ४ विकेट गुमाएर पुरा गर्‍यो ।

नेपालले खेलमा विकेट लिने थुप्रे अवसर गुमाएको थियो । नेदरल्याण्डससँग खराब सुरुवात गरेको नेपालले चौथो ओभरमा दुवै ओपनरलाई गुमाइ सकेको थियो ।

डालासस्थित ग्राण्ड प्रेरी रंगशालामा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाउँदै १०६ रन बनाएको थियो।

नेदरल्याण्डसको जितमा म्याक्स ओ डाउडले ५४ रन बनाएका थिए । नेपाली बलर सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र अविनाश बोहोराले १/१ विकेट लिएका थिए । 

 कप्तान रोहित पौडेलले ३५ रन बनाए भने गुलशन झाले १४, कारण केसीले १७ रन लिएका थिए । त्यस्तै कुशल भुर्तेलले ७, आसिफ सेखले ४, अनिल शाहले ११, कुशल मल्लले ९, दिपेन्द्र सिंह ऐरीले १ र सोमपाल कामी शून्यमा आउट भएका थिए ।

अब नेपालले आफ्नो दास्रो खेलमा बुधबार श्रीलंकासँग खेल्नेछ । टी–२० विश्वकप क्रिकेटमा नेपालको यो दोस्रो सहभागिता हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top